थाईल्याण्डमा गुफामा फसेका १३ जनामध्ये चार बालकको सकुशल उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

थाईल्याण्डमा गुफामा फसेका १३ जनामध्ये चार बालकको सकुशल उद्धार

thailand gufa

एजेन्सी, २५ असार । उत्तरी थाईल्यान्डको गुफामा दुई सातादेखि फसेका बालकहरूमध्ये चारजनाको सकुशल उद्धार गरिएको छ ।

९० जना गोताखोर सहभागी उद्धार टोलीले चार किलोमिटर लामो गुफामा फसेका १३ जनामध्ये चार बालकको सकुशल उद्धार गरेको हो । उद्धार गरिएका बालकको नाम भने सार्वजनिक गरिएको छैन । उद्धार गरिएका बालकको नाम सार्वजनिक गर्दा गुफाभित्र रहेका बालकका अभिभावक थप चिन्तित हुने भएकाले नाम सार्वजनिक नगरिएको थाइल्याण्डको रक्षा मन्त्रालयले जनाएको छ ।

बाँकी आठ बालक र उनीहरुका फुटबल प्रशिक्षकको पनि उद्धारको प्रयास भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पानीको भेल कम भएका बेला थालिएको उद्धार कार्य सोचेभन्दा छिटो अघि बढिरहेको बताइएको छ । अक्सिजन ट्याङ्क र अनुहार छोप्ने मास्कजस्ता उपकरण प्रयोग गरिएको उद्धार प्रयास निकै जटील र लामो हुन सक्ने ठानिएको थियो ।

गुफाबाहिर ल्याइएका बालकहरूलाई तत्काल अस्पताल पुर्याएको छ । उद्धार कार्यमा थाईल्याण्डका र अन्तर्राष्ट्रिय गोताखोरहरूको टोली खटिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);