अनुमतिविना क्यानडा जान लागेकाले प्रा.डा. कोइरालालाई फर्काउनु परेको गृहमन्त्रीकाे स्पष्टीकरण | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

अनुमतिविना क्यानडा जान लागेकाले प्रा.डा. कोइरालालाई फर्काउनु परेको गृहमन्त्रीकाे स्पष्टीकरण

Home-minister-badal-ram-bahadur-thapa

काठमाडौं, २४ असार । गृहमन्त्री रामबहादुर थापाले संस्कृत विश्वविद्यालयका उपकूलपति प्रा.डा. कुलप्रसाद कोइराला अनुमतिविना नै क्यानडा भ्रमणमा जान लागेकाले फर्काउनु परेको स्पष्ट पारेका छन् ।

गृहमन्त्री थापाले अनुमतिविना विदेश भ्रमणमा जान नपाउने सरकारको निर्णय नमानेपछि उपकुलपति कोइरालालाई क्यानडा भ्रमणमा जान नदिइएको स्पष्टिकरण दिएका हुन् । आईतबार राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले उपकुलपति कोइरालालाई क्यानडा भ्रमणमा जान नदिएकोमा आपत्ति जनाउँदै रोक लगाउनुको कारणबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका थिए ।

त्यसपछि गृहमन्त्री थापाले सो सम्बन्धमा संसदलाई जानकारी गराउँदै विदेश भ्रमणमा जान सरकारको अनिवार्य अनुमति लिने व्यवस्था रहेको र त्यसको पालना नभएपछि उपकुलपति कोइरालालाई विमानस्थलबाट फर्काउनु परेको संसदलाई जानकारी गराए ।

शनिबार अपरान्ह क्यानडामा आयोजना हुन लागेको १७ औं विश्व संस्कृति सम्मेलनमा सहभागी हुन जान लागेका उपकूलपति कोईरालालाई विमानस्थलबाटै प्रहरीले फर्काएर प्रधानमन्त्री निवास बालुवाटार पु-याएको थियो ।

पहिरो र डुबान पीडितलाई राहत र उद्दार गर्न सरकार गम्भीर र सचेत

गृहमन्त्री थापाले बाढी, पहिरो र डुबान पीडितलाई राहत र सेवा उपलब्ध गराउन सरकार सक्रियताका साथ लागि रहेको बताए । उनले बाढी, पहिरो र डुबान पीडितलाई राहत र उद्दार गर्न सरकार गम्भीर र सचेत रहेको स्पष्ट पारे ।

गृहमन्त्री थापाले विपदमा परेका जनतालाई राहत उपलब्ध गराउनु राज्यको आधारभूत दायित्व भएको उल्लेख गर्दैै त्यसका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको बताए । विपद् व्यवस्थापनमा समस्या नहोस भनेर सरकारले करिव ५४ अरव बजेटको व्यवस्था गरेको उनले जानकारी दिए ।

गृहमन्त्री थापाले द्धन्द्धकालका पीडितहरुलाई राहत उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे । उनले सरकार मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन प्रतिवद्ध रहेको पनि बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);