भदौ १४ गतेदेखि भृकुटीमण्डपमा ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ हुने | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

भदौ १४ गतेदेखि भृकुटीमण्डपमा ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ हुने

काठमाडौं, २४ असार । आगामी भदौ १४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फर्निसिङ सम्बन्धि सम्पूर्ण जानकारी दिने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएकोे जानकारी गराएको हो ।

५ दिनसम्म चल्ने एक्स्पोमा फर्निचरका प्रगोग विधिका बारेमा पनि जानकारी दिने व्यवस्था मिलाइने संघका अध्यक्ष राजेशकुमार अग्रवालले जानकारी दिए ।

उनले हाल ४० प्रतिशत फर्निचरको माग धान्न सक्ने अवस्थामा नेपाल रहेको बताए । नेपालमा हरेक वर्ष करिव ३० अर्बको फर्निचरको कारोबार हुने गरेको संघको तथ्यांक छ ।

एक्स्पोमा एक सयभन्दा बढि स्टल रहनेछ । संघले फिर्निचर उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ६ वर्षयता हरेक वर्ष फर्निचर एक्स्पो आयोजना गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);