खाद्य निरीक्षणका लागि आवश्यक जनशक्ति व्यवस्था गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

खाद्य निरीक्षणका लागि आवश्यक जनशक्ति व्यवस्था गर्न माग

काठमाडौं, २४ असार । खाद्य वैज्ञानिकहरुले खाद्य निरीक्षणका लागि आवश्यक जनशक्ति र पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

खाद्य बैज्ञानिकहरुले खाद्यमा गुणस्तर कायम गर्न सबै उद्योगमा खाद्य प्राविधिकहरुको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खाद्य बैज्ञानिक प्रा. डा. दिलिप सुब्बाले गुणस्तरीय खाद्यान्न उत्पादन गर्नका लागि सरकारले प्रभावकारी कानुन बनाउनुपर्नेमा जोड दिए ।

त्यसै गरी अर्का बैज्ञानिक प्रा. डा. गंगाप्रसाद खरेलले पनि मानव स्वास्थ्य प्रतिकूलका खाद्यन्नलाई प्रतिबन्ध लगाउन सरकारले ध्यानै दिन नसकेको आरोप लगाए । उनले दुध तथा दुधजन्य बस्तुको मात्र नभई समग्र खाद्य बस्तुको गुणस्तर परीक्षणका लागि आवश्यक प्राविधिकहरुको व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुनेमा पनि जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);