छोराकाे शवलाई कोशी नदीमा बगाउँदै गरेको फोटोले जित्यो प्रथम उपाधी | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

छोराकाे शवलाई कोशी नदीमा बगाउँदै गरेको फोटोले जित्यो प्रथम उपाधी

नेपाल फोटो प्रतियोगिताको उपाधि श्रेष्ठलाई

काठमाडौं, २१ असार । आईएमई ग्लोबल नेपाल फोटो प्रतियोगिताको उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाउँमा बाढिका कारण मृत्यु भएका ५ वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउँदै गरेको फोटो यो वर्षको आईएमई ग्लोबल आईएमई फोटो अफ दि इयर घोषित गरिएको हो ।

त्यसैगरी दिपेन्द्र रोकाको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माईल विधा जित्न सफल भएको छ । त्यसैगरी आईएमई डेली लाईफ विधामा सुनिता डंगेलले जित हात पारिन् । अंगद ढकालले अर्घाखाँची सिमेन्ट न्यूज उपाधि जितेका छन् भने श्रीराम खत्रीले नेपाल टेलिकम नेचर एण्ड वाईल्ड लाईफ उपाधि हात पारे ।

डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतिक रायमाझीले हात पारेका छन् भने नेप्टोस फोटो स्टोरीमा मनिष पौडेल उत्कृष्ट भए । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी विजेताहरुलाई सम्मान गरिएको छ ।

आईएमई फोटो अफ दि इयर उपाधि हात पारेका श्रेष्ठलाई १ लाख नगद पुरस्कारबाट सम्मान गरियो । त्यसैगरी प्रथम, द्धितीय र तृतिय हुनेले नगद क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यसैबीच, यस वर्षको फोटो अफ दि ईयर विजेता नरेन्द्र श्रेष्ठले आफूले जिते वापतको रकम डुबानमा परी गत वर्ष ज्यान गुमाएका पाँच वर्षीय कमल सदाका परिवारलाई दिने घोषणा गरेका छन् ।

कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले फोटो आफैमा जीवन भएकाले यसको महत्व बढदै गएको बताउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);