कांग्रेस-माओवादीले पत्रकार महासंघलाई राजनीतिकरण गरे : ओली | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

कांग्रेस-माओवादीले पत्रकार महासंघलाई राजनीतिकरण गरे : ओली

kp oli

काठमाडौं, ३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघलाई राजनीतिकरण गरेको आरोप लगाएका छन् ।

 

नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशनको पूर्वसन्ध्यामा प्रेस चौतारी नेपालले शनिबार राजधानीमा गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

 

माओवादी र कांग्रेसले बालुवाटारबाट पोलिटब्युरो सदस्यलाई आफ्नो नेताको रुपमा भोट हाल्न पत्रकारलाई निर्देशन दिएको ओलीले आरोप लगाए ।

 

अध्यक्ष ओलीले नेपाली कांग्रेस र माओवादी भित्र पत्रकारको खडेरी परेको भन्दै विवेकलाई बन्धक राखेर काजमा आएका राजनीतिक दलका नेतालाई रोज्ने कि पत्रकारिता क्षेत्रलाई ज्युँदो राख्ने भनि व्यङग्य गरे ।

 

अध्यक्ष ओलीले नेपाली कांग्रेस र माओवादी भित्र पत्रकारको खडेरी परेको भन्दै विवेकलाई बन्धक राखेर काजमा आएका राजनीतिक दलका नेतालाई रोज्ने कि पत्रकारिता क्षेत्रलाई ज्युँदो राख्ने भनि व्यङग्य गरे । अध्यक्ष ओलीले स्वतन्त्र प्रेसको परिभाषा भित्र कहिलेदेखि गैह्रपत्रकार देखिन थाल्यो भनि प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे ।

 

मन्तव्यको पुरै समय कांग्रेस र माओवादीको आलोचना र व्यड्ग्यमा खर्चेका अध्यक्ष ओलीले आवरणको नभई मर्यादित पत्रकारिताको पक्षमा पत्रकारका संघ संस्था हिड्नुपर्ने बताए ।

 

एमालेले पत्रकार र तीनका संस्थालाई थिचोमिचो नगर्ने र अनावश्यक निर्देशन पनि नदिने स्पष्ट पारे । नेपाल पत्रकार महासंघले महाधिवेशन मार्फत सोमबार आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुँदैछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);