'सरकारले घरजग्गा मूल्यांकन कार्यविधि तयार पार्दै' | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

‘सरकारले घरजग्गा मूल्यांकन कार्यविधि तयार पार्दै’

काठमाडौं, २० असार । सरकारले ‘घरजग्गा मूल्यांकन कार्यविधि’ तयार पार्ने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले घरजग्गाको कारोबार अन्यन्तै अव्यवस्थित भएको उल्लेख गर्दै त्यसको मूल्य निर्धारण गर्न मूल्यांकन कार्यविधि तयार गर्न लागिएको जानकारी दिए ।

बुधबार काठमाडौंमा आयोजित ‘नेपालमा अचल सम्पत्तिको मूल्यांकन’ सम्बन्धि कार्यशाला गोष्ठीमा बोल्दै उनले घरजग्गाको उचित मूल्य निर्धारण नहुँदा जग्गाको कारोबार समेत जथाभावी हुने गरेको बताए ।

मन्त्री खनालले घरजग्गालाई जोखिमबाट जोगाउन पनि मूल्यांकन कार्यविधि अति जरुरी रहेको स्पष्ट पारे । मन्त्री खनालले कृषि योग्य जमिनलाई खण्डित हुन नदिने प्रतिवद्धता पनि दोहो¥याउनु भयो । उहाँले भूमि नीति कार्यान्वयनमा जोड दिने योजना पनि अघि सार्नु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);