काठमाडौं, २० असार । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दम्भ नदेखाउन चेतावनी दिएका छन् ।
महासचिव बैद्यले राजा, महाराजाको अवतारको रुपमा प्रधानमन्त्री ओलीले दम्भ देखाउने गरेको भन्दै त्यस्तो दम्भ धेरै दिन नटिक्ने बताए ।
बुधबार काठमाडाैँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उत्पादन वृद्धि नगर्ने तर विकास र समृद्धिको नारा उराल्ने काम नगर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।
महासचिव बैद्यले करिव १३ अरव व्यापार घाटा रहेको मुुलुकमा विकास र समृद्धिको नारा उराल्न प्रधानमन्त्री ओलीले नसुहाउने तर्क गरे ।
नेता बैद्यले जनयुद्धका महान सहिदहरुको सपनामाथि गम्भिर आघात पारेको भन्दै पुष्पकमल दाहालको चर्को आलोचना समेत गरेका छन् ।