काठमाडाैं, १९ असार । भारतस्थित वेष्ट बंगालका उद्योगीहरुले नेपालमा छाला, स्पोटर्स लगायतका उद्योगमा लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्स र भारतको वेष्ट बंगाल ट्रेड एशोसिएसनबीच नेपालमा छाला, स्र्पोटर्स लगायतका उद्योगमा संयुक्त लगानी गर्ने समझदारी भएको हो । वेष्ट बंगालका उद्योगीहरुले नेपालमा लगानी गर्ने प्रतिवद्धता जनाएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।
दुई देशका उद्योगीहरुबीच नेपालमा संयुक्त लगानीमा आवश्यक उद्योग संचालन गर्ने विषयमा पनि विस्तृत छलफल गर्ने समझदारी गरिएको छ ।
नेपालमा लगानी गर्न इच्छुक एशोसिएसनका १२ जना प्रतिनिधि नेपाल आएका छन् । नेपालका लागि आवश्यक बस्तुहरुको उत्पादन नेपालमै गर्न आफूहरु तयार रहेको वेष्ट बंगाल ट्रेड एशोसिएसनका अध्यक्ष शुशिल पोदारले जानकारी दिए ।