इलाम, १४ असार । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले १० वर्षभित्र आफ्नो प्रदेशलाई समृद्ध बनाउने दाबी गरेका छन् ।
इलाममा १ नम्बर प्रदेश स्तरीय युवा महोत्सवमा बोल्दै मुख्यमन्त्री राईले युवालाई परिचालन गरेर १० वर्षभित्र समृद्ध प्रदेश बनाउने दाबी गरेका हुन् ।
प्रदेशलाई अँध्यारो मुक्त बनाउन १० बर्षमा ४ हजार ५ सय मेघावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य रहेको उनले बताए । जिल्ला युवा समिति इलामको आयोजनामा सुरु भएको प्रदेशस्तरीय युवा महोत्सव शनिबारसम्म चल्ने छ ।