लगानी बोर्ड खारेज गर्न सांसद सुवालको माग | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८१, बिहीबार

लगानी बोर्ड खारेज गर्न सांसद सुवालको माग

काठमाडौं, १२ असार । नेपाल मजदुर किसान पार्टीले लगानी बोर्ड नेपाल खारेज गर्न सरकारसँग माग गरेको छ । पार्टीका सांसद प्रेस सुवालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत रहेको लगानी बोर्ड नेपाल खारेज माग गरेका हुन् ।

विदेशीलाई श्रम र मुनाफा दिने नियतका साथ काम गरिरहेको लगानी बोर्ड नेपालका लागि उपयुक्त नदेखिएकाले तत्काल खारेज गर्न माग गर्नु परेको सांसद सुवालको तर्क छ । मंगलबार प्रतिनिधिसभामा विनियोजन बजेट अन्तरगत विभिन्न शीर्षक माथिको छलफलमा भाग लिँदै उनले लगानी बोर्डले स्वदेशी लगानीलाई भन्दा विदेशी लगानीलाई जोड दिने गरेको भन्दै आपत्ति जनाए ।

सांसद सुवालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सार्वजनिक निर्माण तथा अनुगमनको काममा पूर्णतः असफल भएको आरोप लगाए । उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले भ्रष्टाचार अन्त्य गरेर मुलुकमा सुशासन बहाल गर्न नसकेको आरोप लगाए ।

सांसद सुवालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको औचित्य पुष्टि गरेर देखाउन पनि प्रधानमन्त्री केपी ओलीलाई चुनौति दिए । प्राधिकरणले पुनर्निर्माणको कामलाई गति नदिएकोमा सांसद सुवालको आक्रोस छ । उनले पुनर्निर्माणको काम १० प्रतिशत पनि सम्पन्न नगर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको औचित्य नरहेको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);