एसइई नतिजाको त्रुटि छानविन गर्न ३ सदस्यीय समिति गठन | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८१, बिहीबार

काठमाडौं, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक कमजोरीका कारण माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा त्रुटि हुन गएको स्पष्ट पारेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणी पौडेलले प्राविधिक कमजोरीका कारण एसईईको नतिजामा त्रुटि हुन गएको स्पष्टिकरण दिएका छन् । एसईईको नतिजाको ग्रेडिङ २४ घण्टा नबित्दै परिवर्तन भएको विषयलाई लिएर आलोचना भईरहेका बेला बोर्डले प्राविधिक त्रुटिका कारण एसईईको नतिजा सच्याउनु परेको जनाएको हो ।

३ सदस्यीय छानवीन समिति गठन
बोर्डले एसईईको ग्रेडिङ फेरबदल गरेपछि सरकारले त्यसको सत्यतथ्य छानवीन गर्न समिति नै गठन गरेको छ । शनिवार प्रकाशित नतिजालाई लिएर व्यापक आलोचना भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक त्रुटिबारे छानवीन गर्न शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाको संयोजकत्वमा ३ सदस्यीय छानवीन समिति गठन गरेको हो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष पौडेलले घटनाबारे यथार्थ जानकारी गराउन आफूहरुको माग अनुसार नै छानवीन समिति गठन गरिएको बताए । उनले समितिलाई छानवीनका लागि सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

छानवीन समितिलाई एसईईको नतिजा सार्वजनिक गर्दा भएको प्राविधिक त्रुटिबारे छानवीन गरी आगामी दिनमा त्यस्ता गल्ती हुन नदिन आवश्यक सुझाव दिन कार्यादेश दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);