संयुक्त राष्ट्रसंघका शान्ति स्थापना कार्य हेर्ने उपमहासचिव पिएरे आज काठमाडौं आउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

संयुक्त राष्ट्रसंघका शान्ति स्थापना कार्य हेर्ने उपमहासचिव पिएरे आज काठमाडौं आउँदै

zin piyare

काठमाडौं, १२ असार । संयुक्त राष्ट्रसंघका शान्ति स्थापना कार्य हेर्ने उपमहासचिव जिन पिएरे तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै छन् ।

उपमहासचिव पिएरेले काठमाडौं बसाइका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख दलका शीर्ष नेता तथा नेपाली सेना र प्रहरीका अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटवार्तामा पुल्चोकस्थित राष्ट्रसंघ कार्यालयमा सञ्चालित डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स (डीपीए) बन्द गराउने नेपाल सरकारले निर्णयप्रति चासो राख्ने अनुमान गरिएको छ ।

डीपीएमा कार्यरत केही कर्मचारीहरुले अलग तराईको वकालत गर्दै आएका सीके राउतप्रति सहानुभूति राखेको तथा सीके राउतका सहयोगी दातृ निकायसँग अघोषित सहकार्य गरेको भन्दै सरकारले केही दिन पहिले डीपीए बन्द गराउने निर्णय गरेको थियो । उपमहासचिव पिएरेले सेना र प्रहरी अधिकारीहरुलाई शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघले चालेका पछिल्ला कदमबारे जानकारी गराउने नेपालस्थित राष्ट्रसंघीय कार्यालयले जनाएको छ ।