सिरहा, ९ असार । निरन्तरको वर्षापछि आएको बाढीले सिरहाको गोलबजार नगरपालीका–२ स्थित मैनावती खोलको पुल भत्किएको छ ।
खोलामा पानीको बहाव बढेपछि ह्युम पाइप राखेर माथि ढलान गरेर बनाइएको अस्थायी पुल भत्किएको हो । पूर्व–पश्चिम राजमार्ग जोड्ने शाखा बाटोमा पर्ने उक्त पुल भत्किएपछि आवागमनमा समस्या परेको छ ।