केराखेतीबाट घर, घडेरी र गाडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

केराखेतीबाट घर, घडेरी र गाडी

kera kheti

भरतपुर, ९ असार । केराखेती गर्नकै लागि रजहरका यज्ञप्रसाद सुवेदी नवलपरासीबाट चितवन आए। भारतीय सेनामा कार्यरत बुवा जीवलाल सुवेदीले लाहुरे बनाउन खोजे पनि आमाको मायाले उनी भर्ती हुन मानेनन्।

विवाहले व्यावहारिक बनाउँदै लगेको उनलाई सन्तान प्राप्तिपछि आम्दानीको विकल्प खोज्न बाध्य बनायो। अवकासपछि बुवाले केराखेती गरेको देखेपछि सुवेदीले पनि त्यसैमा हात हाले। २१ वर्षको उमेरमा १७ वर्षअघि दुई बिघाबाट सुरु गरेको उनको केराखेती अहिले ५५ बिघामा विस्तार भएको छ।

२०५७ सालदेखि उनले केराखेती थालेका हुन्। खैरहनी, पदमपुर, ठिमुरा, जगतपुरमा उनले जग्गा भाडामा लिएर व्यावसायिक केराखेती गरेका छन्। भरतपुरमा बसेर उनले पूर्व र पश्चिम चितवनमा केराखेती गर्न भ्याएका छन्।

सुरुवातमा उनले श्रीमतीको गहना बेचेर व्यवसाय सुरु गरेका थिए। अहिले उनलाई पछाडि फर्केर हेर्नु परेको छैन। श्रीमती जानकी सुवेदीसँगै उनी केरा खेतीमा सक्रिय छन्। श्रीमान श्रीमती सँगै फर्ममा पुग्छन् सँगै फर्किंन्छन्। घरमा श्रीमतीसहित सन्तान पाल्न गाह्रो होला भनेर सुरु गरेको व्यावसायिक केराखेतीले उनको जीवनले कोल्टे फेर्‍यो। ‘काममा निरन्तरता दिए सफल भइँदो रैछ’, यज्ञप्रसादले भने, ‘अहिलेको स्थानमा बसेर फर्केर हेर्दा आफैं दंग परेको छु।’

गत साल उनले दुई करोडको कारोबार गरे। हावाहुरी र असिनापानीले क्षति पुर्‍याएका कारण कारोबार घट्ने अनुमान छ। १० वर्षमा ब्याज तिर्दैमा ठिक्क भयो। धेरै क्षेत्रमा लगाउँदा फाइदा भएको उनले बताए। १७ जना नियमित कामदार छन्। केराखेती गरेरै उनले गाडी चढ्ने भएका हुन्। उनले घडेरी र जग्गासमेत जोडेका छन्। उनले भरतपुरमा चितवन बनाना क्याफेसमेत सञ्चालन गरेका छन्। केराको बगानसहित केराका परिकार व्यवस्था गरेर उनले रेस्टुरेन्ट खोलेका हुन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);