सवारी व्यवस्थापनका लागि जिपिएस प्रणाली लागु गर्न अध्ययन सुरु | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

सवारी व्यवस्थापनका लागि जिपिएस प्रणाली लागु गर्न अध्ययन सुरु

काठमाडौं ७ असार । काठमाडौं महानगरपालिकाले उपत्यकाको सवारी व्यववस्थापनका लागि अन्तराष्ट्रिय स्तरको जिपिएस प्रणाली लागु गर्न अध्ययन सुरु गरेको छ । काठमाडौंमा बढ्दो सवारी साधनसंंगै अव्यवस्थित बस स्टपलाई व्यवस्थित बनाउनका लागि महानगरले जिपिएस प्रणालीको अध्ययन सुरु गरेको हो ।

जिपिएस प्रणाली लागु भएपछि जथाभावी बस स्टप गर्ने परिपाटीको अन्त्य हुनुको साथै निर्धारित बस स्टपमा यात्रुले सवारी साधन आगमनको यथार्थ विवरण थाहा पाउन सक्नेछन् ।

यसले यात्रुहरुलाई सुविधा पुग्नुको साथै अव्यवस्थित सवारी चापलाई कम गरि सवारी सुसासन कायम गर्न सकिने विश्वास महानगरले लिएको छ ।

महानगरले विशेष गरेर सडक सुसासन कायम गर्दै प्रभावकारी सार्वजनिक यातायातका लागि अन्तर्राष्ट्रिय स्तरका गाडी सञ्चालन गर्ने बारेमा पनि छलफल अघि बढाएको कार्यकारी प्रमुख यादव प्रसाद कोइरालाले जानकारी दिए ।

बिहीबार राजधानीमा आयोजित ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता अभिवृद्धि साथै सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी कार्यक्रममा उनले ट्राफिक लाईट व्यवस्थापन र सडक सुसासनमा महानगरिय ट्राफिक प्रहरीसंग सहकार्य गर्न महानगर तयार रहेको जानकारी दिए ।

कार्यक्रममा साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले सवारी व्यवस्थापन सम्बन्धी नियम कानुन कार्यान्वयनमा ट्राफिक प्रहरीलाई नागरिक समुदायले सहयोग गर्नुपर्ने बताए ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार २०७४ श्रावण देखि २०७५ जेष्ठ सम्म नेपाल भरमा ९ हजार ९ सय ८९ सवारी दुर्घटना भएका छन् । ती मध्ये ५ हजार ७ सय ८१ दुर्घटना काठमाण्डौ उपत्यकामा मात्रै भएका छन् ।

यो अवधिमा भएको सवारी दुर्घटनामा परि मुलुकभर २ हजार ३ सय १८ जनाले ज्यान गुमाएका छन् । उपत्यकामा भएको दुर्घटनामा परि १ सय ६८ जनाले ज्यान गुमाए । त्यस्तै दुर्घटनामा परि घाईते हुनेमा उपत्यकामा ११ हजार ३ सय १० र मुुलुकभर ४ हजार ९९ जना रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);