एमालेलाई सिध्याउन कांग्रेससँग सहकार्य, एमालेमा अहंकार नै बढि | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

काठमाडौँ, ३ भदौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेको संगठन ‘ध्वस्त पार्न’ सरकारदेखि विभिन्न निर्वाचनमा कांग्रेससँग सहकार्य गरेको खुलासा गरेका छन् । एमालेले उठाएको राष्ट्रवादको नाराभित्र अहंकार लुकेको दाबी गर्दै दाहालले त्यसलाई नतोडे माओवादी आन्दोलन र पार्टीकै भविष्य जोखिममा पर्ने बताए। एमालेको धारलाई भुत्ते पार्दै लैजाने र अन्ततः त्यसभित्रको एउटा धारलाई माओवादीकै छातामुनि ल्याउने कार्यनीतिअन्तर्गत कांग्रेससँग सहकार्य गरेको उनले बताए।

 

एमालेमा अहंकार
‘एमालेमा अहिले राष्ट्रवादको नाममा दम्भ र अहंकार बढेको छ । त्यो अहंकार तोडिएन भने माओवादी आन्दोलन र हाम्रो पार्टीको भविष्य निकै अप्ठ्यारोमा पर्नेवाला छ,’ दाहालले पार्टीनिकट पत्रकारको भेलालाई सम्बोधन गर्दै भने, ‘एमालेले हामीलाई कमजोर पारेर मात्र आफ्नो भविष्य देख्न खोजेपछि हामीले ऊसँगको सहकार्य तोडेका हौं।’

 

हामीलाई कर्नरमा पार्न चाहन्छ
संविधान निर्माणपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा रहेको माओवादीले गत वर्ष साउनमा एमालेसँग सहकार्य तोडेको थियो । ‘एमाले हामीलाई कर्नरमा पार्न चाहन्छ । लेफ्ट-लेफ्ट एउटै तरबारमा हिँड्न सक्दैनन्, त्यसकारण ओलीजीलाई कमल थापा, विजय गच्छदार अति प्रिय लाग्छन्’, उनले भने, ‘एमाले माओवादीलाई जताबाट भए पनि सिध्याउन चाहन्छ। त्यसको प्रतिवाद नगरी माओवादी आन्दोलनको भविष्य सुरक्षित हुँदैन ।’ दुई वामपन्थी पार्टी समानान्तर रूपमा रहन नसक्ने दाबी गर्दै उनले भने, ‘अहिले एमालेले हामीलाई डाइजेस्ट गर्न खोजेको छ।’

 

आरोप
दाहालले माओवादीलाई सिध्याउनकै लागि एमाले नेतृत्वले आफ्नो पार्टीभित्रकै शीर्ष नेतालाई उचाल्ने र कमजोर बनाई माओवादीलाई फाइदा हुनै नदिनेसम्मका काम गरेको आरोप लगाए । ‘खासमा एमाले माओवादीलाई अलग-अलग फुटाएर एउटा समूहलाई नजिक ल्याउन चाहन्छ,’ दाहालले भने। ओली नेतृत्वको सरकारसँग सम्बन्धविच्छेद गर्न एमालेकै नेताहरूको साथ रहेको दाबीसमेत उनले गरे । आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ।

ताजा समाचार