काठमाडौंमा ट्राफिक जामको समस्या झनै विकराल बन्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

काठमाडौंमा ट्राफिक जामको समस्या झनै विकराल बन्दै

Traffic-Jam

अप्सरा लामिछाने
काठमाडाैँ, ६ असार । ट्राफिक जाम काठमाडौं उपत्यकाबासीका लागि नौलो विषय होइन । तथापी पछिल्लो समय ट्राफिक जामको समस्या झनै विकराल बन्दै छ । सवारी चापको तुलनामा सडक विस्तार हुन नसक्दा हरेक दिन उपत्यकाबासी घण्टौं जाममा बस्न बाध्य छन् । अझ बिशिष्ठ व्यक्तिको सवारी भयो भने त दिनैभर ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन्छन् ।

ट्राफिक जामका कारण राजनीतिक विश्लेषक पुरन्जन आचार्य आफ्नो पेप्सीकोलास्थीत घर छाडेर नयाँ बानेश्वरमा बस्दै आएका छन् । हरेक दिन घण्टौं जाममा बस्नुपर्नेहुँदा महत्वपूर्ण काम छुट्ने भएपछि बसाइ सर्नुपरेको उनको भनाइ छ ।

आचार्य त प्रतिनिधि पात्र मात्र हुन् । हरेक उपत्यकाबासीको समस्या यस्तै छ । कुनै सानो कामका लागि बाहिर निस्कनुप¥यो भने ट्राफिक जामका लागि पनि समय छुट्याउनुपर्ने बाध्यता छ ।

बढ्दो जनसंख्या र सवारीचापको अनुपातमा सडक विस्तार हुन नसक्दा जाम घट्नुको साटो दिनप्रतिदिन बढ्दो छ ।

महानगरीय ट्राफिक कार्यालयका अनुसार उपत्यकामा दैनिक नौ लाखभन्दा बढी सवारी साधन गुड्ने गर्छन् । त्यसमा पनि धेरैजसो रिङरोड क्षेत्रभित्र प्रवेश गर्छन् । यतिका सवारी साधन सडकमा निस्कदा व्यवस्थापन गर्न समस्या हुनेगरेको ट्राफिक प्रहरीको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);