विपद्बाट जोगिन महाकालीमा पूर्व तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

विपद्बाट जोगिन महाकालीमा पूर्व तयारी

bipad-abhyas

पुष्कर भट्ट
कञ्चनपुर, ५ असार
। विपद्बाट जोगिन महाकाली नदीमा पूर्व तयारी अभ्यास गरिएको छ । जिल्ला दैवीप्रकोप उद्धार समिति कञ्चनपुर र सरोकारवा निकायले संयुक्त रुपमा विपदको बेला गरिने उद्धार, प्राथमिक उपचार र रहात वितरणको नमुना अभ्यास गरिएको हो ।

bipad abhyas

यो दृश्य कुनै विपद्को हैन । तर, विपद्का समयमा कसरी उद्धार गर्ने भनेर गरिएको पूर्व तयारी अभ्यास हो । महाकाली नदीमा जिल्ला दैवीप्रकोप उद्धार समिति कञ्चनपुले विपदको बेला गरिने उद्धार, प्राथमिक उपचार र रहात वितरणको नमुना अभ्यास गरेको हो ।

नेपाल पहरी, सशत्र प्रहरी, नेपाली सेना, खानेपानी, रेडक्रस, महिला विकास, जनस्वाथ्य, जिल्ला प्रशासन समन्वय समितिका पदाधिकारीले नमुना अभ्यास गरेका हुन् । विपद्का बेला आसपासको बस्ती, विद्यार्थी महिला, सानासाना बालबालिकालाई कसरी उद्धार गर्ने विषयमा समेत अभ्यास गरिएका थियो ।

बर्खां सुरु भएसँगै विपद्को जोखिम धेरै हुने भएकाले पूर्व तयारी गरिएको हो । पूर्व तयारी अभ्यासले विपद्को समयमा क्षतिको न्यूनीकरण हुने अपेक्षा सरोकारवालाको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);