काठमाडौं, ५ असार । विश्वकप अन्तगर्त मंगलबार हुने खेलमा इजिप्ट र आयोजक टिम रुसबिच हुने खेलमा मोहम्मद सलाहा आफ्नो डेब्यु गर्दैैछन् । विश्वकप समुह चरणको खेलमा इजिप्ट र आयोजक टिम रुस नेपाली समय अनुसार ११ः४५ मा भिड्दैछन् ।
समुह चरणको पहिलो खेलमा इजिप्ट उरुग्वेसँग पराजित भएको थियो । यता रुसले प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गर्दै साउदी अरबीया ५–०ले हराउँदै सुखद सुरुवात गरेको थियो । इजिप्टमा लिभरपुलका स्ट्राइकर मोहमद सलाहा कमब्याक गर्नेछन् । त्यसैले यो खेल उत्कृष्ट हुने आकलन गर्न सकिन्छ ।
लिभरपुललाई फाइनलसम्म पुराएका इजिप्टसिएन स्ट्राइकर रुस माथि भारि पर्न सक्नेछ । उनको कम्ब्याकलाई चुनौतीको रुपमा रुसी टोली हेरिरहेका छन् । २८ वर्षपछि इजिप्टलाई विश्वकपका लागि क्वालीफाइ गराएका थिए ।
लिभरपुलका स्ट्राइकर समेत रहेका सलाहा च्याम्पिएन्स लिगको फाइनल खेलमा घाइते बनेका थिए । खेलमा रियलका कप्तान रामोसले लडाएपछि उनी चोटग्रस्त भएका थिए । विश्वकपमा उनको यो पहिलो खेल हुनेछ ।