सुरेन्द्रकुमार कामती
सिरहा, ५ असार । सिरहाको भुमीसुधार कार्यालय, कार्यालय सहयोगीको भरमा चल्दै आएको छ । उपसचिवको दरबन्दी भएपनि कर्मचारी नहुँदा सहयोगीको भरमा चल्दै आएको हो । कर्मचारीको अभावले सेवाग्राही मारमा परेका छन् ।
सिरहाको भुमीसुधार कार्यालयमा एक उपसचिव र शाखा अधिकृत, २ जना सुब्बा, ४ जना खरिदार र ६ जना कार्यालय सहयोगीको दरबन्दी हो । तर दरबन्दी अनुसार कर्मचारी नहुँदा कार्यालय सहयोगीको भरमा चल्दै आएको छ । कर्मचारीको अभावले सेवाग्राही मारमा परेका छन् । कामकजका लागि कार्यालय पुगेका सेवाग्राही कर्मचारी नहुँदा त्यतिकै फर्किने गरेका छन् ।
कार्यलयमा रहेका एकजना खरिदारको पनि सरुवा भएको छ । कर्मचरारीको अभावमा काम गर्न कठिन भएको र सेवाग्राहीलाई सेवा दिन नसकिएको कार्यालयको भनाइ छ ।
सरकारले कर्मचारीको समायोजना र व्यवस्थापन नगर्दा भुमी सुधार जस्तै अन्य कार्यालयको अवस्था पनि उस्तै छ । त्यसैले तत्काल दरबन्दी अनुसारको कर्मचारीको व्यवस्थापन गर्नु आवश्यक छ ।