राकेश यादव, रौतहट, ३ असार। रौतहट लगायत तराईका जिल्लामा रहेको डोम समुदायमा बाल विवाह रोकिएको छैन । पाँच बर्षकै उमेरमा ९५ प्रतिशत डोम समुदायको बालबालिकाको विवाह हुने गरेको छ । बेरोजगार अशिक्षा अर्थिक अभावका कारण सानै उमेरमा विवाह गर्दा बालबालिका विद्यालय जान पाएका छैनन् ।
नेपालको कानुनमा बाल विवाह गर्न नपाईने व्यवास्था छ । तर तराईका जिल्लामा रहेको डोम समुदायमा अझै बाल विवाह रोकिएको छैन । बेरोजगार अशिक्षा अर्थिक अभावका कारण सानै उमेरमा बालबालिकाको विवाह गर्ने गरेको पाइएको छ ।
सानै उमेरमा विवाह गर्दा बालबालिका विद्यालय जान पाएका छैनन् । रौतहटमा ९५ प्रतिशत डोम समुदायका बालबालिकाको सानै उमेरमा विवाह हुने गरेको छ ।
बाल विवाह रोक्न विभिन्न जनचेतना मुलक कार्यक्रम भएपनि प्रभावकारी भएको छैन । डोम समुदायमा बाल विवाह र छुवाछुत प्रमुख समस्या हो । सो क्षेत्रका सांसदहरुले डोम समुदायको समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
अार्थिक अभावका कारण बालबालिका विद्यालय जाने गरेका छैनन् । बासको छैटी, पंखा, बेरी, भकारी बनाउने उनीहरुको पेशा संकटमा परेपछि बिहान बेलुका छाक टार्न कठिन भएको गुनासो गरेका छन् ।डोम समुदायमा चेतना मुलक कार्यक्रम गरेर बाल विवाह छुवाछुत लगायतका समस्या समाधान गर्न सरोकारवाले माग गरेका छन् ।