इलामका होटलहरुमा खाद्य गुणस्तरको कमी | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

इलामका होटलहरुमा खाद्य गुणस्तरको कमी

इलाम, २ असार । इलामका होटलहरुमा खाद्य गुणस्तरको कमी पाइएको छ । क्षेत्रिय खाद्य गुणस्तर नियन्त्रण कार्यालय बिराटनगर र होटल एसोसिएसन इलामले गरेको अनुगमनका क्रममा होटल तथा मिठाइ पसलमा पाइने खाद्यवस्तुमा कम गुणस्तर पाइएको हो ।

अनुगमन पछि यहाँका होटलको बर्गिकरण गरिएको छ । इलामका अधिकांश होटलहरुले पहेँलो लोगो अर्थात (घ) श्रेणी पाएका छन् । २१ वटा होटल तथा मिठाइ पसलको अनुगमनमा थ्रि–स्टार, टु–स्टर र वान–स्टार साथै पहेलो लोगो वितरण गरिएको थियो ।

थ्री स्टारमध्ये उच्च मानिने लोगो पाउने होटल एउटा मात्र भेटिएको छ । उत्तम मानिने टु स्टार पनि एक होटलले मात्र पाएको छ त्यस्तै सन्तोषजनक मानिने वान स्टार लोगो चार वटा र एउटा मिठाइ पसलले पाएका छन् ।

बाँकी १२ वटा होटलहरुले सामान्य लोगो पहेँलो पाएका छन् । दुई वटा होटल तत्काल बन्द गर्नुपर्ने अवस्थामा देखिएका छन् । अनुगमनकै क्रममा एउटामा मासुमा किरा भेटीएको र अर्कोमा धेरै फोहोर भेटिएको थियो ।

त्यस्तै धेरै जसो मिठाइ पसलमा हाइड्रो नामक केमिकल प्रयोग गरिएको पाइएकोले यसको प्रयोग तत्काल हटाउन सुझाव समेत दिइएको क्षेत्रिय खाद्य गुणस्तर नियन्त्रण कार्यालय बिराटनगरका दिनेश ढुगानाले जानकारी दिए । सुधार गर्न भनिएका होटलहरुलाई सात दिन भित्रको म्याद दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);