बजेट आएसँगै सर्वसाधारणलाई मूल्यबृद्धिको मार | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८१, बुधवार

बजेट आएसँगै सर्वसाधारणलाई मूल्यबृद्धिको मार

मदन विक

बाजुरा, २ जेठ । बर्षातको समयमा नियमित सवारी साधन नचल्दा महंगो मूल्यमा दैनिक उपभोग्य बस्तु खरिद गर्न बाध्य बाजुरा बासी आगामी आर्थिक बर्षको बजेट आएसँगै मूल्य बृद्धि हुँदा थप मारमा परेका छन् । स्थानीय स्तरमा उत्पादन हुने तरकारीको समेत मूल्य बृद्धि हुँदा चुल्हो बाल्नै कठिन भएको बाजुराबासीको गुनासो छ ।

वर्षात सुरु भएसँगै बाजुराबासी विभिन्न समस्या भोग्न बाध्य हुन्छन् । वर्षेनी बाजुराबासी बाढी पहिरोको चपेटामा पर्ने गरेका छन् । वर्षातको समयमा यातायतका साधन नियमित नहुँदा खाद्यवस्तु ढुवानीमा समेत समस्या पर्ने गरेको छ । त्यसमाथि आगामी वर्षको बजेट आएसँगै व्यापारीले खाद्य वस्तुमा मनोमानी मूल्यबृद्धि गर्दा बाजुराबासी थप मारमा परेका छन् ।

खुद्रा व्यापारीहरुले भने थोक मूल्य नै बढेकाले आफूहरु मूल्यबृद्धि गर्न बाध्य भएको बताएका छन् । बजारमा मूल्य बढेको भन्दै व्यापारीहरूले स्थानीयस्तरमै पाइने तरकारी लगायतका खाद्यवस्तुको मूल्यसमेत बढाएका छन् । व्यापारीहरुले मनोमानी मूल्यबृद्धि गर्दा पनि स्थानीय प्रशासन मौन बसेको उपभोक्ताको आरोप छ ।

बाजुराका मार्तडीस्थित दुनीहाटबजार, तिपाडा, बेतालमाण्डौ, बाम्का, कोल्टी बजारका व्यापारीहरुले खाद्य बस्तुमा अत्याधिक मूल्यबृद्धि गरेका छन् । १ महिना अगाडी १७ सय पर्ने मोटा चामलको मूल्य हाल दुईहजार भन्दा माथि छ । त्यस्तै दाल र तेल लगायतका बस्तुको पनी प्रतिकेजी २० देखी ५० रुपैयाँसम्म मूल्य बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);