सल्यान, २ असार । सल्यानमा समयमा काम सम्पन्न नगर्ने ठेकेदारहरु कारबाहीको सिफारिसमा परेका छन । काम शुरु गरे देखी लामो समयसम्म पनि काम सम्पन्न नगरेका ठेकेदारहरुको नाम संकलन गरि गृह मन्त्रालयमा पठाईएको हो ।
जिल्लाबाट केन्द्रीय स्तरका काम संचालन गरि रहेका ३७ वटा आयोजना मध्ये समयमा काम सम्पन्न गर्न नसकेका २६ आयोजनाका काममा ठेकेदारले ढिलासुस्ती गरेको पाईए पछि नाम संकलन गरि गृह मन्त्रालयमा पठाईएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
गृह मन्त्रालयको माग अनुसार ढिलासुस्ती गरेको ठेकेदारको सुची पठाएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनु भयो । मन्त्रालयको निर्देशन अनुसार कारबाही प्रक्रिया अगाडी बढाउनका लागी नाम संकलन गरेर गृहमा पठाएको उनले बताए ।
यसरी ढिला सुस्त गर्नेमा जिल्ला प्रशाशनको आप्mनै भवनको ठेकेदार पनि रहेको उनले बताए । आर्थिक वर्ष ०६९।०२।०२ मा सम्झौता भई आर्थिक वर्ष ०७०।०२।०२ मा सम्पन्न गर्नु पर्ने योजनाको काम अझै ७० प्रतिशत मात्र सम्पन्न भएको छ । ठेकेदारको लापरवाहीले गर्दा यो योजना समयमा सम्पन्न हुन नसकेको बताईएको छ ।
यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।