नयाँ शक्ति पाटीद्वारा वृहत ध्रुवीकरण संयोजन समिति गठन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

काठमाडौँ, २ भदौ । नेता देवेन्द्र पौडेलको संयोजकत्वमा नयाँ शक्ति पार्टीका नेताहरुले वृहत ध्रुवीकरण संयोजन समिति गठन गरेका छन् ।

 

 

झुण्ड झुण्डमा रहेर बामपन्थीहरुले निर्णय प्रक्रियामा प्रभावकारी कदम चाल्न नसकेकोले बामपन्थीहरुको एकताको अभियान चलाइएको वृहत ध्रुवीकरण संयोजन समितिका संयोजक पौडेलले बताएका छन् । पौडेलले नयाँ शक्ति पार्टीमा वैचारिक कार्यदिशाको अलमल र अपष्टता रहेको भन्दै पूर्व माओवादी, मधेसवादी, जनजाति, थारु आन्दोलन समेतलाई ध्रुवीकरणका लागि फेरि आहृवान गरेका छन् ।

 

 

आफूहरुले नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराइकै नेतृत्वमा बामपन्थीहरुको एकता भएको हेर्न चाहेको नेता पौडेलको भनाइ छ । पौडेलले नयाँ शक्ति पार्टी फुटाएको भन्ने चर्चाकाबीच उहाँले पार्टी नफुटाएको बरु अन्य पार्टीहरुलाइ समेत एकतामा ल्याउन पहलकदमी लिएको दाबी पनि गरेका छन् । समितिले छिट्टै राष्ट्रिय भेला आयोजना गर्ने र राजनीतिक कार्यदिशासहितको प्रतिवेदन र घोषणा पत्र जारी गर्ने बताइएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);