खानेपानीको चरम अभाव भोगेका ५ सय घरधुरी लाभान्वित | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

खानेपानीको चरम अभाव भोगेका ५ सय घरधुरी लाभान्वित

khane pani aavab

विमल जैरु,
डडेल्धुरा, ३१ जेठ । भूमिगत प्रविधिबाट खानेपानी निकालेपछि डडेल्धुरा अमरगढी नगरपालिकाका उपभोक्ता लाभान्वित भएका छन् । खानेपानीको चरम अभाव भोगेका ५ सय घरधुरी लाभान्वित भएका छन् ।

खानेपानीको चरम अभाव रहेका डडेल्धुरामा पहिलो पटक डिप बोरिङबाट पानी निकालिएको हो । उग्रतारा भगवती मन्दिर परिसरमा भूमिगत प्रविधिबाट खानेपानी निकालेपछि उपभोक्ता लाभान्वित भएका छन् । पहाडको जमिनमा पनि बोरिङबाट पानी निस्किएपछि स्थानीय हर्षित भएका छन् । बोरिङबाट पानी निकालेपछि घन्टौ हिडेर खानेपानी ल्याउनु पर्ने समस्या हटेको छ ।

करिब ३६ लाखको लागतमा ८ सय फिट गहिराईबाट निस्कने पानीले अमरगढी ८ अन्तर्गतका ५ सय घरधुरी लाभान्वित भएका छन । खानेपानीको चरम अभाव भएको अन्य वडामा पनि डिप बोरिङको अनुसन्धान भइरहेको नगरपालिकाको भनाइ छ । खानेपानी विभाग र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराको सहयोगमा भूमिगत प्रविधिबाट खानेपानी निकालिएको हो ।