मदन विक
बाजुरा ३० जेठ । नेपाल पत्रकार महासंघ बाजुराले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न दुई दिने तालिमको आयोजना गरेको छ ।
बाजुरा जिल्लाका सम्पूर्ण पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न २ दिने तालिमको आयोजना गरिएको पत्रकार महासंघ बाजुराले जनाएको छ । बडीमालिका नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराकोे आयोजनामा उक्त तालिमको आयोजना गरिएको हो ।
उक्त तालिममा जिल्लाका ३० जना पत्रकारहरुले भाग लिएका थिए । तालिममा रेडियो, छापा तथा टेलिभिजनमा कार्यरत पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम दिईएको हो ।