ओखलढुंगाको सामुदायिक अस्पतालमा अक्सिजन उत्पादन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ओखलढुंगाको सामुदायिक अस्पतालमा अक्सिजन उत्पादन सुरु

oxygen plant

ओखलढुंगा, ३० जेठ । ओखलढुंगा सामुदायिक अस्पतालले आफैं अक्सिजन उत्पादन सुरु गरेको छ । काठमाडौंबाटबाट अक्सिजन ढुवानी गर्दा महँगो भएपछि अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको हो ।

सरकार र नोरमिसन संस्थाको लगानीमा अक्सिजन उत्पादन सुरु गरिएको हो । १ करोड ४ लाख रुपैयाँको लागतमा अक्सिजन उत्पादन थालेको अस्पतालको भनाइ छ । अक्सिजन प्लान्टबाट अहिले २४ घण्टामा २० सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ ।

अस्पतालले अक्सिजन उत्पादन सुरु गरेपछि बिरामीलाई राहत मिलेको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा उपचारका लागि सिन्धुली, उदयपुर र सोलुखुम्बुका बिरामी पनि आउने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);