शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आईतबार देखि अक्सिजन उत्पाादन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आईतबार देखि अक्सिजन उत्पाादन सुरु

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आईतबार देखि अक्सिजन उत्पाादन सुरु भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लाण्टको आईतबार एक समारोहकाबीच उद्घाटन भएसंगै अक्सिजन उत्पादनको काम सुरु भएको हो ।

प्लाण्टको प्रतिदिन ६ हजार ३ सय ४५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको छ । चलनमा रहेको अक्सिजन सिलिण्डर अनुसार, प्रतिदिन १ सय ३५ वटा सिलिण्डर उत्पादन हुनेछ । एउटा अक्सिजन सिलिण्डरमा ४७ लिटर अक्सिजन हुने गर्दछ ।

कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अक्सिजन मात्रै दिन सक्दा पनि धेरै विरामी बचाउन सकिने अवस्थामा अक्सिजन उत्पादन सुरु हुनु निकै राम्रो काम भएको बताए ।

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले विगतमा पनि गंगाला हृदयरोग केन्द्रले विरामीका लागि निशुल्क अक्सिजन उपलब्ध गराएको र भविष्यमा पनि निशुल्क नै उपलब्ध गराउने बताए । कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्लाण्ट निर्माणको काम भईरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);