महंगीको मारमा परेका गरिवलाई विशेष राहत देउ : किराँती | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

महंगीको मारमा परेका गरिवलाई विशेष राहत देउ : किराँती

gopal kirati

काठमाडौं, ३० जेठ । गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्रले महंगीको मारमा परेका गरिव जनतालाई विशेष राहत तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

किराँती नेतृत्वको पुनर्गठित नेकपा माओवादी केन्द्रले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महंगीको मारमा परेका गरिव जनतालाई तत्काल विशेष राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।

पार्टीले भूकम्प पीडितलाई ५ लाख अनुदान सहायता उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । समृद्धिको नारा दिने सरकारले पीडितलाई राहत दिन डराउन नहुनेमा अध्यक्ष किराँतीको जोड छ ।

उनले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्तालाई धरपक्कड नगर्न पनि सरकारसँग माग गरे ।

नेकपा माओवादी केन्द्रले भारतबाट मुलुकको राष्ट्रियता खतरा पर्ने निष्कर्ष निकाल्दै सिमानाका अग्लो पर्खाल वा काँडेतारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);