कञ्चनपुर, २९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको बेलौरी नगरपालिकामा छापा मारेको छ । बेलौरी नगरपालिका कार्यालयमा अनियमिता भएको आशंकामा अख्तियारले छापा मारेको हो ।
कार्यालयका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाहीले आर्थिक अनियमिता गरेको उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।
कार्यालयको केहि कागजपत्र नियन्त्रणमा लिएको अख्तियार कार्यालय कञ्चनपुरका शाखा अधिकृत हरिशचन्द्र जोशीले बताए ।