'मौलिक हक कार्यान्वयनका लागि कानुन बनाउन सरकारको ध्यानाकर्षण' | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

‘मौलिक हक कार्यान्वयनका लागि कानुन बनाउन सरकारको ध्यानाकर्षण’

Baburam-bhattrai-1

काठमाडौं, २७ जेठ ।  नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले संविधानमा उल्लेखित मौलिक हक कार्यान्वयनका लागि तत्काल कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराइले शिक्षा र स्वास्थलाई संविधानमा मौलिक हकको रुपमा व्यवस्था गरेको हुँदा त्यसको कार्यान्वयनका लागि तत्काल कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आगामी असोज ३ गते भित्र संविधानमा व्यवस्था गरिएको सबै मौलिक हक लागू गराउन कानुन बनाईसक्नुपर्ने भएपनि सरकार गम्भिर नभएको आरोप लगाए । उनले विद्यालय शिक्षालाई निःशुल्क र उच्च शिक्षामा आवश्यक छात्रवृत्तिको व्यवस्था गराउन पनि सरकारलाई दवाव दिनुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);