जी सेभेनको शिखर बैठकपछि जारी संयुक्त वक्तव्यप्रति अमेरिकी राष्ट्रपति ट्रम्प असहमत | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

जी सेभेनको शिखर बैठकपछि जारी संयुक्त वक्तव्यप्रति अमेरिकी राष्ट्रपति ट्रम्प असहमत

donald trump

एजेन्सी, २७ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनको शिखर बैठकपछि जारी संयुक्त वक्तव्यप्रति आफ्नो समर्थन नरहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडाले बेइमानी गरेको आरोप लगाउँदै संयुक्त वक्तव्यमा आफ्नो समर्थन नरहेको बताएका हुन् । ट्रम्पले आफ्ना प्रतिनिधिहरूलाई जी सेभेनको संयुक्त वक्तव्यलाई अनुमोदन नगर्न निर्देशन दिएको ट्वीटमार्फत सार्वजनिक गरेका छन् । ट्रम्पले अरू देशहरूले अमेरिकामाथि ठूलो मात्रामा कर लगाइरहेकाले संयुक्त वक्तव्यलाई अनुमोदन नगर्न निर्देशन दिएको बताए ।

अमेरिकाले स्टील र एल्मुनियमको आयातमा हालै लगाएको करलाई लिएर जी सेभेनको शीर्ष बैठकमा तिब्र मतभेद भएको थियो । मतभेदका बाबजुद् नीतिमा आधारित व्यापार प्रणालीको वकालत गर्ने खालको संयुक्त वक्तव्यमा सहमति भएको थियो । संयुक्त वक्तव्यमा सहमतिपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकाले कर लगाएको बदलामा आफ्नो देशले पनि जुलाइ १ बाट कर लगाउने घोषणा गरे ।

उनले क्यानडाका मानिसहरू विनम्र र व्यवहारिक रहेको र त्यसको नाममा दुःख दिन नपाइने भन्दै अमेरिकाको करको बदलामा आगामी जुलाइ १ बाट अमेरिकी उत्पादनमा कर लगाउने तयारी गरेको बताए । अमेरिकी राष्ट्रपति ट्रम्पले भने जी सेभेनको बैठकका दौरान भद्र र नरम देखिएका क्यानडाका प्रधानमन्त्री ट्रुडोले पछि अमेरिकी करलाई अपमानजक भनेर व्याख्या गरेको आरोप लगाए । युरोपेली संघले भने ट्रम्पको निर्णयका बावजुद संयुक्त वक्तव्यप्रति कटिबद्ध रहने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);