चितवनकाे कृषि तथा वन विज्ञान विश्व विद्यालय संकटमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चितवनकाे कृषि तथा वन विज्ञान विश्व विद्यालय संकटमा

चितवन, २६ जेठ । पदाधिकारीहरुको मनोमानी र राजनीतिक चलखेलका कारण चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय संकटमा परेको छ । स्थापनको आठ वर्ष पुरा भईसकेपनि राजनीतिक चलखेल र पदाधिकारीहरुको मनोमानीका कारण विश्वविद्यालय बामे सर्न सकेको छैन ।

दुई दुई पटक पदाधिकारी परिवर्तन भएपनि विश्वविद्यालयमा भने केही परिवर्तन हुन सकेको छैन । विश्वविद्यालयका उपकुलपति, रजिस्टार तथा विभिन्न संकायहरुका डिन लगायत सबै पदाधिकारिहरु राजनीतिक भागबन्डाका आधारमा नियुक्त हुँदा चितवनस्थित कषि तथा वन विज्ञान विश्वविद्यालय संकटमा परेको हो ।

कृषिमा र वन पैदावरमा आधारीत मुलकका लागि आवश्यक जनशक्ति उत्पादनको लक्ष्य सहित सुरु गरिएको यो विश्वविद्यालय बामे सर्न नपाउँदै राजनीतिक भर्ति केन्द्र बन्न पुगेको छ ।

शिक्षकहरुले आफ्नो विषय कक्षा तालिका अनुसार पढाउनुको सट्टा राजनीतिक नेतृत्वको वरिपरि घुम्ने र परिक्षा कार्यक्रम आएपछि मात्रै पठन पाठनमा ध्यान दिने प्रबृत्ति देखिएको छ ।

कृषि र वन विज्ञान प्रयोगात्मक हुनुपर्नेमा विश्वविधालयले त्यसतर्फ ध्यान दिन सकेको छैन । विश्वविद्यालयका प्राध्यापकहरु महिनौसम्म एनजिओ, आइएनजिओ र प्राइभेट कलेजहरुको काममा बिताउने गरेको विद्यार्थीहरुको गुनासो छ ।

विद्यार्थीलाई प्रयोगात्मक तथा अन्य आन्तरिक परीक्षामा समेत राजनीतिक निकटता हेरेर नम्वर दिने गरिएको विद्यार्थीको आरोप छ । आफ्नो राजनीतिक आस्थाको आधारमा विद्यार्थीमाथि विभेद हुनेगरेको अखिल (क्रान्तिकारी) विश्वविद्यालय समितिका अध्यक्ष नगेन्द्र दाहालको आरोप छ ।

त्यसो त विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीहरु पनि आफ्नो भविष्य विग्रन लागेको भन्दै चिन्तित देखिन थालेका छन् । कृषि तथा वन विज्ञानका क्षेत्रमा केही गर्ने लक्ष्यका साथ आफु भर्ना भएको तर विश्वविद्यालयको हविगतका कारण आफ्नो चाहना पुरा नहुने पो को की भन्ने चिन्ता लागेको चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी रक्षा अर्यालले बताइन् ।

विद्यार्थीलाई सिकाइको लागि भ्रमण लैजाने, प्रयोगात्मक कक्षालाई नियमित गराउने, ल्याब सामाग्रीहरु खरिद गर्ने, अनुसन्धानका लागि प्रोत्साहन गर्ने, विद्यार्थीको होस्टेल मर्मत गर्ने, होस्टेलमा वाइफाई जडान गर्ने, नियमित सरसफाइ गर्ने लगायतका प्रतिवद्धता पुरा नहुँदा विद्यार्थी समस्यामा परेका छन् ।

आर्थिक अभाव देखाएर विद्यार्थीका लागि न्युनतम आवश्यकताको सामग्रीहरु समेत उपलब्ध नगराउने विश्वविद्यलय प्रशासनले उपकुलपति, डिन, रजिस्टार लगायतका पदाधिकारीका लागि भने नयाँ नयाँ गाडी लगायतका सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

अझ राजधानीका चर्चित होटेलहरुमा सेमिनार गर्नेदेखि पदाधिकारीहरुलाई महिनौं विदेश भ्रमण गराउन समेत विद्यवविद्यालय प्रशासन लागिपरेको छ । करार र ज्यालादारिमा नियुक्त गरिएका कर्मचारीलाई समेत पदाधिकारीहरुको घरायसी काममा लगाउने गरिएको गुनासो समेत आउन थालेको छ ।

विश्वविद्यालयका भौतिक संरचनाहरु, भवनहरु झाडीले पुरिने अवस्थामा छन् भने सिसाका भवनहरुको नियमित मर्मत सम्भार हुन नसक्दा जिर्ण बनेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);