अघिल्लो सरकारका कारण विकास निर्माणमा ढिलाई : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

अघिल्लो सरकारका कारण विकास निर्माणमा ढिलाई : प्रम ओली

kp oli pm

विराटनगर, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारका कारण अहिले विकास निर्माणका काम प्रभावकारी रुपमा अघि बढाउन समस्या परेको बताएका छन् ।

प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्न विराटनगर आइपुगेका ओलीले आज संचारकर्मीमाझ कुराकानी गर्दै देउवा नेतृत्वको सरकारले हचुवाका भरमा सात अर्ब वितरण गरेकाले अहिले त्यसको असर देखिएको बताए ।

उनका अनुसार योजना बिनै बिनियोजन गरिएको उक्त बजेटको दायित्व पनि अहिलेको सरकारले लिनुपरेकाले सामाजिक सुरक्षाका विषयमा प्रभावकारी काम गर्न नसकिएको हो ।

प्रधानमन्त्री ओलीले बजेट विनियोजनमा यहाँ पुगेन, त्यहाँ पुगेन भनेर हुने टिप्पणी केही वर्षभित्रै अन्त्य हुने दाबी गरे । गरिब बस्नेहरुको देशका रुपमा चिनिएको नेपालको परिचय चाँडै फेरिने बताउँदै उनले सबै नेपालीलाई धनी बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच प्रदेश नम्बर १ को संसद बैठकलाई सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको कार्यक्रममा प्रवेश नदिएपछि पत्रकारहरुले विरोध जनाएका छन् । उनीहरुले संसद भवन प्रवेशद्वार आगडी नै धर्ना बसेर विरोध गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);