एजेन्सी, २ भदौ । बलिउड अभिनेता सैफल अली खानकी छोरी सारा अली खान डेब्यूको तयारीमा छिन् । उनले फिल्म केदारनाथबाट बलिउडमा पदार्पण गर्दै छिन् ।
फिल्मको तयारीमा लागेकी सारा को स्टार सुशान्त सिंह राजपूतसँग हट अवतारमा देखिएकी छिन् । ब्ल्याक सर्ट र टप्समा देखिएकी सारा सुशान्तसँग निर्देशक अभिषेक कपुरको अफिसमा गएकी हुन् । खबर अनुसार फिल्मको प्रि–प्रोडक्शनको तयारीका लागि उनीहरु त्यहाँ पुगेका हुन् । फिल्मलाई एकता कपुरले निर्माण गर्न लागेकी हुन् ।
अभिनेता सुशान्त सिंहलाई पनि निर्देशक अभिषेकले नै फिल्म काई पो चे मार्फत डेब्यू गराएका थिए ।