'नीरफूल'को छायांकन अन्तिम चरणमा, एकसाथ देखिँदै दयाहाङ र रेखा थापा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाण्डौँ, १ भदौ । चलचित्र ‘नीरफूल’को ७० प्रतिशत छांयाकन सकिएको छ। राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी निर्माण पक्षले सो जानकारी दिएको हो । फूलमान वलको निर्देशनमा निर्माण भईरहेको यस चलचित्रमार्फत नायिका रेखा थापा र नायक दयाहाङ राई एकसाथ पर्दामा आउने भएका छन् ।

 

३० प्रतिशत छायांकन बाँकि रहेको नीरफूल भूकम्पले छिन्नभिन्न पारेको एउटा परिवारको कथामा आधारित छ। चलचित्रले धादिङ, रुवी भ्यालीको सुन्दर सामाजिक, सांस्कृतिक र भौगोलिक अबस्थिति हुँदै भूकम्पपछिको काठमाडौँको स्थितीलाई समेत चित्रण गरेको बताईएको छ ।

यस्तै प्रमोद कार्कीले खिचेको यस चलचित्रमा दया र रेखाको अलवा शान्ति वाईवा, जिग्मे छयोईकी घिसिंग, पुस्कर गुरुङ, बुद्धि तामाङ, सरोज अर्याल आदि कलाकारहरुले अभिनय रहेको छ ।

 

सेलो प्रोडक्शनको प्रस्तुती रहेको चलचित्रमा माया केसी, चन्द्र माया तामाङ, दिनेश श्रेष्ठ, उदय लामा र दिनेश लम्तरी मगरको संयुक्त लगानी रहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);