जागेश्वर थारु
बाँके, २४ जेठ । बाँकेमा लोकप्रिय बनेको इलेक्ट्रोनिक रिक्सा चालकले लाइसेन्स लिनु पर्ने भएको छ । रिक्सालाई व्यवस्थित गर्न यातायात विभागले चालकहरुलाई लाइसेन्सको व्यवास्था गरेको हो ।
बाँकेको नेपालगन्जमा रिक्सा लोकप्रिय मानिन्छ । पछिल्लो समय युवाहरुको आकर्षण रिक्सा बनेको छ । तर, रिक्साको चाप र चालकको संख्या बढेपछि यातायात विभागले लाइसेन्सको व्यवास्था गरेको हो ।
लाइसेन्स भएपछि दुर्घटना कम हुने भन्दै रिक्सा चालकले विभागको निर्णयलाई स्वागत गरेका छन् । तर, समयमै लाइसेन्स नपाएको चालकहरुको गुनासो छ । रिक्सा चालकहरुले जथाभावि भाडा लिने गरेको आरोप पनि उत्तिकै छ । त्यसैले रिक्साको भाडदर पनि कायम गर्नुपर्ने चालकहरु बताउछन् ।
छिटो र घरघरमा पु¥याउने भएकाले यात्रुको रोजाइमा पनि रिक्सा पर्ने गरेको छ । तर, भाडादर निर्धारण नहुँदा चालकहरुले जथाभावि भाडा लिने गरेको यात्रुहरुको गुनासो छ ।