राजधानीमा इन्द्रजात्राको तयारी सुरु, लाखे निकाल्न मुखौटा तयार हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

काठमाडौं, २ भदौ । काठमाडौँमा इन्द्रजात्रामा एकसातासम्म नचाइने मजिपाः लाखे निकाल्ने प्रक्रिया आज शुक्रबार बिहानैबाट शुरु गरिएको छ।

 

लाखेघरको नामले चिनिने काठमाडौंको मजिपात, लाखेनिस्थित प्राचीन ‘पिला’ भनिने गोप्य माटोको सन्दूकबाट लाखेको मुखौटा निकालिएको हो।

 

निकालिएको लाखेको मुखौटा बनाउन र रंगरोगन गर्न शनिबार काठमाडौंकै यट्खा टोलका चित्रकारकहाँ लगेर त्यहाँबाट १५ दिनपछि भदौ १६ गते दशमीका दिन लाखेघरमै फिर्ता ल्याइन्छ।

 

हरिपरिवर्तनीय एकादशी अर्थात १७ गतेका दिन लाखेको रातो केश सजाइन्छ र त्यसको भोलिपल्ट द्वादशी इन्द्रध्वजत्थानका दिनदेखि लाखेनाच नगर परिक्रमाका लागि निकालिने लाखे नाचका नाइके राजीव रञ्जितले बताएका छन्।