काठमाडौँ, २ भदौ । स्पेनको बार्सिलोनामा भ्यानको प्रयोग गरी धेरै भिड हुने क्षेत्रमा आक्रमण हुँदा १३ जनाको ज्यान गएको छ। केही घाइते भएका छन्।
बार्सिलोनाको प्रसिद्व स्थल लास रामब्लास क्षेत्रमा विद्रोही समूह इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मा लिएको छ भने आक्रमणको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

स्पेनको प्रहरीले सम्भावित अर्को आक्रमणलाई रोकेको पनि जनाएको छ। क्यामब्रिल्समा हुन लागेको अर्को आक्रमण रोक्न खोज्दा चार जनाको मृत्यु विद्रोहीको मृत्यु भएको बिबिसी जनाएको छ।




