काठमाडौं, २३ जेठ । नेपालको राजनीतिमा एउटा फरक खालको स्वाद फेला परेको छ । वाम गठबन्धनको सरकार थियो तर अब वाम सरकार बनेको छ । फोरम पनि सरकारमा सहभागी भएपछि मधेशको पनि प्रतिनिधित्व भएको छ । सरकारले समावेसी चरित्र प्राप्त गरेको छ भन्न थालिएको छ । सरकार दुई- तिहाई भन्दा माथि उठेको छ । यो सर्वशक्तिमान सरकारको प्राथमिकता र एजेन्डाहरु के हुनेछन भन्ने चासोको विषय बनेको छ । फोरम सरकारमा गईसकेपछि फोरम र राजपाको सम्बन्ध कस्तो हुन्छ ? यी र यस्तै विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रस्न’ मा प्रस्तोता प्रकाश गिरीले मधेश विश्लेषक विजयकान्त कर्णसँग गरेको कुराकानी हेर्नुहोस् :