ट्रम्प-किम भेट्दै : सुरक्षा गोर्खा प्रहरीले दिने | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

ट्रम्प-किम भेट्दै : सुरक्षा गोर्खा प्रहरीले दिने

Trump

एजेन्सी,२३ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच अर्को साता हुने शिखर वार्तास्थलको सुरक्षामा सिंगापुर प्रहरीका गोर्खा खटिने भएका छन् ।

दुई नेताबीच जुन १२ मा सिंगापरमा शिखर बैठक हुँदैछ । दुवै नेताहरुले आ आफ्नो सुरक्षाकर्मीहरु ल्याउने भए पनि सिंगापुर प्रहरीको गोर्खा टुकडीले वार्तास्थल दुई नेता बस्ने होटल, उनीहरु हिँड्ने सडकलगायत स्थानमा सुरक्षा दिने वार्तास्थलको सुरक्षाबारे जानकारी कुटनीतिज्ञले बताए ।, आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।