राष्ट्रपति भण्डारीद्वारा नेकपा र नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग सामूहिक वार्ता | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

राष्ट्रपति भण्डारीद्वारा नेकपा र नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग सामूहिक वार्ता

bidhaya devi

काठमाडौं, २२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनदेखि मुलुकको आर्थिक समृद्धिका लागि मिलेर काम गर्न प्रमुख दुई दललाई आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित भएपछि प्रमुख दलका शीर्ष नेतालाई पहिलोपटक शितल निवास बोलाएर आग्रह पूर्वाग्रह त्यागी मुलुकको विकासका लागि सहकार्य गर्न आग्रह गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलसँग सोमबार राति दुई घण्टा लामो वार्ता गरेका थिए ।

रात्रीभोजसहितको वार्तामा राष्ट्रपति भण्डारीले लोकतन्त्र र गणतन्त्र स्थापनामा मिलेर काम गरेजस्तै मुलुकको आर्थिक समृद्धिका लागि साझा एजेण्डा बनाएर काम गर्न आग्रह गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);