अख्तियारमा परेको ४ हजार बढी उजुरी तामेलीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अख्तियारमा परेको ४ हजार बढी उजुरी तामेलीमा

akhtiyar durupayog

काठमाडौं, २२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको भ्रष्टाचार र भ्रष्टाचार जन्य उजुरीहरु मध्ये ४ हजार बढी उजुरी तामेलीमा परेको आयोगले जनाएको छ । यो आर्थिक वर्ष २०७४/७५ को २०७४ साउन १ देखि २०७५ बैशाख मसान्तसम्मको उजुरी मध्ये तामेलीमा परेका उजुरी भएको आयोगका सहसचिव रामेश्वर दंगालले बताउनुभयो ।

आयोगले ४ हजार १ सय ६६ उजुरीलाई तामेलीमा राखेको उहाँले बताउनुभयो ‘चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आयोगले ४ हजार १ सय ६६ उजुरी तामेलीमा राखेको छ,’ उहाँले भन्नुभयो तथ्यहिन र आधारहिन भएकैले धेरै जसो उजुरीहरुलाई तामेलीमा राख्नुपरेको उहाँको भनाई छ । ‘कुनै उजुरी दुःख दिने नियतले दर्ता गरेको हुन्छ,’ उहाँले भन्नुभयो–‘त्यस्ता तथ्यहिन, आधारहिन र प्रष्ट नभएका उजुरी प्रारम्भिक अनुसन्धानबाटै तामेलीमा परेको छ ।’

तामेलीमा गएका अधिकांश उजुरी अनुचित कार्य अन्तर्गतको पर्ने र आयोगले संबैधानिक क्षेत्राधिकार भित्र अनुचित कार्य नपरेकोले पनि त्यस्ता उजुरी तामेलीमा पर्ने गरेको आयोगका सहचिब दंगालले बताउनुभयो ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);