गत आर्थिक वर्ष २०७९\ ८० मा अख्तियारले गर्याे १८ हजारभन्दा बढी उजुरीको फस्र्यौट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

गत आर्थिक वर्ष २०७९\ ८० मा अख्तियारले गर्याे १८ हजारभन्दा बढी उजुरीको फस्र्यौट

काठमाडौं, १५ असोज ||

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७९÷८० मा १८ हजारभन्दा बढी उजुरीहरुको फास्र्यौट गरेको छ । आयोगले गत आर्थिक वर्ष २०७९÷८० मा १८ हजार ७९९ वटा उजुरीको क्रिनिङ र प्रारम्भिक छानबिनबाट फस्र्यौट भएको बताएको हो ।

सोमबार आयोगमा पत्रकार भेटघाट गर्दै सो कुराको जानकारी दिइएको हो । आयोगले आफ्नो तेत्तिसौँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । सो प्रतिवेदनका अनुसार आयोगमा आर्थिक वर्ष २०७९÷८० मा २० हजार ९०५ उजुरीहरु प्राप्त भएका थिए । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७८÷७९ बाट ७ हजार १६२ उजुरीहरु जिम्मेवारी सरेर आएका थिए । कारबाही गर्नुपर्ने कुल उजुरीहरु २८ हजार ६७ वटा रहेकोमा त्यसैमध्येबाट १८ हजार ७९९ वटा उजुरीको फस्र्यौट भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार १ हजार १३३ वटा उजुरीउपर विस्तृत अनुसन्धान गरिएको छ । त्यस्तै ७ हजार ८६९ उजुरी तामेली गरिएको, १५२ उजुरीउपर सुझाव दिई तामेली गरिएको र ९ हजार ६४५ उजुरीउपर कानूनबमोजिम अन्य कारबाहीका लागि लेखि पठाइएको उहाँले जानकारी दिनुभयो । प्रारम्भिक छानविनको क्रममा रहेका ९ हजार २६८ उजुरी आर्थिक वर्ष २०८०÷८१ मा जिम्मेवारी सरेर आएको उहाँले बताउनुभयो ।

आयोगले आर्थिक वर्ष २०७९÷८० मा विस्तृत अनुसन्धान भई आयोगमा निर्णयका लागि पेश भएका कुल ८७८ उजुरीहरु उपर आयोगबाट ९३७ वटा निर्णय भएकोमा १६२ वटा आरोपपत्र दायर गरेको छ । त्यस्तै ६५६ वटा उजुरी तामेलीमा राखिएको, ६३ वटा संवद्ध निकायहरुलाई सुझाव दिइएको, २७ वटा मुल्तबीमा राखिएको र २९ वटा अन्य निर्णय भएको जनाइएको छ ।

विशेष अदालतमा दर्ता भएका १६२ वटा आरोपत्रहरु मध्ये गैरकानूनी लाभ हानीसँग सम्बन्धित ६४ वटा, घुस÷रिसवतसँग सम्बन्धित ३२ वटा, सार्वजनिक सम्पत्तिको हानी नोक्सानीसँग सम्बन्धित २७ वटा, गैरकानूनी सम्पती आर्जनसम्बन्धी १३ वटा, शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी ८ वटा, राजस्व चुहावटसम्बन्धी ७ वटा र विविध विषयका ११ वटा रहेको बताएको छ । उल्लेखित आरोपपत्रबाट कुल ७६६ जनालाई प्रतिवादी बनाई एक अर्ब, सतहत्तर करोड, अन्ठाउन्न लाख, छयालिस हजार, चार सय सैँतीस रुपैयाँ मागदाबी लिइएको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);