टिका खतिवडा
इलाम, २१ जेठ । इलामको सुकिलुम्बा विमानस्थलमा तारा एयरले सफल उडान परीक्षण गरेको छ । आफ्नै आँखा अगाडी विमान देख्न पाएपछि जिल्ला बासीमा खुसीयाली छाएको छ ।
इलाम नगरपालिका– ९, मा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा तारा एयरको जहाजले सफल उडान परीक्षण गरेको हो । पाइलट प्रभाकर घिमिरे र सह चालक सञ्जिव श्रेष्ठले विमानलाई सफल रुपमा अवतरण गराएका हन् ।
आफ्नै आँखा अगाडी विमान देखेपछि स्थानीय खुसी भएका छन् । विमान हेर्नको लागि टाढा टाढाबाट स्थानीय सुकिलुम्बा विमानस्थल पुगेका थिए ।
नियमित उडानका लागि ग्राबेलिङ र कालोपत्रे गर्न बाँकी छ । परीक्षण उडान सफल भएकाले अब एक बर्षभित्र पीच गर्ने प्रधिकरणको भनाइ छ ।
७ सय मिटर लम्बाइ र ६० मिटर चौडाइ रहेको धावनमार्ग सहितको विमानस्थलको शिलान्यास २०६७ सालमा गरिएको थियो । ३ सय २६ रोपनी जमिनमा निर्माण गरिएको विमानस्थलमा १८ करोड खर्च भइसकेको छ ।
विमानस्थल निर्माण सम्पन्न भएपछि पाँचथर, इलाम सहित भारतको, दार्जिलिङ, सिक्कम लगायतका स्थानीयलाई सजह हुने छ ।