बाजुरा, २० जेठ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखकले सरकारले जनतालाई निराश बनाउने बजेट ल्याएको टिप्पणी गरेका छन् ।
बाजुरामा संचारकर्मीसँग नेता लेखकले सत्ता पक्षकै नेता सांसदले बजेटको विरोध गरेको भन्दै सरकारले जनातलाई निराश बनाएको बताए । नेता लेखकले बजेट ल्याउने बित्तिकै उपभोग्य बस्तुको भाउ बढ्दा पनि सरकारले नियमन नगरेको आरोप लगाए ।