काठमाडौं, १८ जेठ । आगामी असार ८ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फुड एक्स्पो हुने भएको छ ।
सिल्भर माउण्टेन स्कुल अफ होटेल म्यानेजमेन्ट विद्यालयमा अध्यननरत अन्डर ग्राजुएट विद्यार्थीहरुले फुड एक्स्पो गर्ने भएका हुन् । सिल्भर माउण्टेनका विद्यार्थीले शुक्रबार पत्रकार सम्मेलन गरी दुई दिन चल्ने एक्स्पोमा ६० वटा स्टल राखिने जानकारी दिएका छन् ।