रुकुमको जनएकता विद्यालयका विद्यार्थी एक्कासी बेहोस | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

रुकुमको जनएकता विद्यालयका विद्यार्थी एक्कासी बेहोस

रुकुम पश्चिम, १७ जेठ । रुकुम पश्चिमको एक बिद्यालयका बिद्यार्थीहरुमा एक्कासी बेहोस हुने समस्या देखिएको छ । बाफिकोट गाउँपालिका वडा नम्बर १ को जनएकता आधारभूत विद्यालयका विद्यार्थीहरुमा बेहोस हुने समस्या देखिएको हो ।

बिद्यार्थीहरुमा आँखा राता हुने, मुटु दुख्ने, हातखुट्टा बाङ्गिने र मुर्छा पर्ने समस्या देखिएको छ । २ दर्जन बिद्यार्थीहरु बेहोस भएपछि बिद्यालय नै बन्द गरेर उपचार गरिरहेको प्रधानाध्यापक गोविन्द मल्लले जानकारी दिए ।

बेहोस हुनेमा अधिकांश १४/१५ बर्ष उमेरका छात्राहरु छन् । विद्यार्थीहरुमा मास हिस्टेरीयाको लक्षण देखिएको स्वास्थ्य चौकी पीपलका इन्चार्ज सन्देश चन्दले बताए । यसअघि पनि विद्यार्थीहमा बेहोस हुने समस्या देखिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);